आफ्नै कुण्डको पानी, र आफ्नै कूवाबाट बगेको पानी पी। के तेरो कूवाको पानी सड़कतिर, र तेरो खोलाको पानी बजारहरूतिर बग्न दिने? त्यो तेरै निम्ति मात्र होस्। पराई त्यसको हिस्सेदार पटक्कै हुन नपाओस् तेरो फुहारा आशीर्वादी होस्, र तेरो युवावास्थाकी पत्नीसित तँ आनन्दित हो। मयालु मृगी र राम्री हरिणीझैँ, त्यसकै स्तनमा तँ सन्तुष्ट बन्, तँ सधैँ त्यसकै प्रेममा मोहित भइरहेस्। हे मेरो छोरो, तँ किन वेश्याको मोहमा फस्छस्? तँ किन अर्काकी पत्नीलाई आलिङ्गन गर्छस्? किनभने मानिसको चाल त सधैँ परमप्रभुको दृष्टिमा रहिरहन्छ, र उहाँले त्यसका सबै मार्गहरू जाँच्नुहुन्छ।
हितोपदेश 5 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 5:15-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू