YouVersion लोगो
खोज आइकन

हितोपदेश 4:1-6

हितोपदेश 4:1-6 सरल नेपाली

ए मेरा छोराहरू हो! आफ्‍ना बुबाको अर्ती सुन, तिनमा ध्‍यान देओ र तिमीहरूलाई समझशक्ति प्राप्‍त हुनेछ। म तिमीहरूलाई जे सिकाउँछु, त्‍यो उत्तम छ यसकारण त्‍यसलाई नत्‍याग। म बालक छँदा आमाको एक्‍लो छोरो थिएँ। मेरा बुबाले मलाई शिक्षा दिनुहुन्थ्यो। उनले यसो भन्‍थे, “मेरा कुरा याद राख् र कहिल्‍यै नभुल्‌। मैले भनेजस्‍तो गर्‌ र जीवन पाउनेछस्। बुद्धि र अन्‍तर्दृष्‍टि प्राप्‍त गर्‌! मैले भनेका कुरा नभुल वा नसुनेजस्‍तो नगर्‌। बुद्धिलाई नत्‍याग्, त्‍यसले तेरो रक्षा गर्नेछ, त्‍यसलाई प्रेम गर्‌, त्‍यसले तँलाई कुशलसाथ राख्‍नेछ।

हितोपदेश 4 पढ्नुहोस्