हितोपदेश 3:13-18
हितोपदेश 3:13-18 सरल नेपाली
बुद्धि र समझशक्ति प्राप्त गर्ने मानिस खुसी रहन्छ। त्यसमा चाँदीमा भन्दा बढी लाभ हुन्छ र त्यो सुनभन्दा उत्तम हो। बुद्धि हीरा-मोतीभन्दा ज्यादै उत्तम हुन्छ, तैँले चाहेको कुनै कुराको त्योसित तुलना गर्न सकिंदैन। बुद्धिले तँलाई दीर्घायु, धन-सम्पत्ति र इज्जत पनि दिँदछ। बुद्धिले तेरो जीवन आनन्दमय बनाउन सक्छ र जीवन-पथमा तँलाई कुशलसाथ डोर्याउँछ। बुद्धि पाउनेहरू खुसी हुन्छन्, बुद्धिले तिनीहरूलाई जीवन दिँदछ।

