हितोपदेश 24
24
१९
1दुष्टहरूको ईर्ष्या नगर, तिनीहरूसित मित्रता पनि नगर। 2तिनीहरूले झगडा लाउने कुरा मात्र सोच्छन्। तिनीहरूले मुख बायो कि कसैको खति भइहाल्छ।
२०
3बुद्धि र समझशक्तिको जगमा घर बनाइन्छ। 4ज्ञान भएको घरमा बहुमूल्य र सुन्दर कुराहरूले कोठाहरू सजाइएका हुन्छन्।
२१
5शक्तिशाली हुनुभन्दा बुद्धिमान् हुनु धेरै असल हो। हो, ज्ञान बलभन्दा धेरै उत्तम हो। 6लडाइँ गर्नुभन्दा अघि होशियारीसित सल्लाह लिनुपर्छ र जति धेरै उचित सरसल्लाह लियो उति धेरै विजयी हुने आशा हुन्छ।
२२
7बुद्धिका कुराहरू गहिरा हुन्छन् र मूर्खले बुझ्न सक्दैन। ठूला-ठूला कुरामा बहस चल्दा त्यसको भन्ने कुरा केही हुँदैन।
२३
8सधैँ दुष्ट्याइँ गर्ने युक्ति गरे कचिङ्गल लाउने भनी नाम पाउनेछौ। 9मूर्खले सोचेको हरेक योजनामा पाप हुन्छ। अर्काको गिल्ला मात्र गर्ने मानिसलाई सबैले घृणा गर्छन्।
२४
10सङ्कष्टको समयमा कमजोर व्यक्ति सधैँ कमजोर हुन्छ।
२५
11कुनै मानिस अन्यायमा मारिंदै छ भने त्यसलाई छुटाउन आल-टाल नगर। 12यो मेरो काम होइन भनी भनौला तर परमेश्वरले तिम्रो मन जान्नुहुन्छ र त्यसको जाँच गर्नुहुन्छ। तिम्रो रक्षा गर्नुहुनेले जान्नुहुन्न र? तिम्रो कामअनुसार उहाँले तिमीलाई इनाम दिनुहुनेछ।
२६
13ए छोरा, मह खाने गर्, त्यो असल कुरा हो। जसरी चाकाको मह जिब्रोलाई मीठो लाग्छ, 14त्यसरी नै बुद्धि प्राणको निम्ति असल हो। बुद्धि प्राप्त गर् र तेरो भविष्य उज्यालो हुनेछ।
२७
15इमानदार मानिसलाई वा उसको घरलाई लुट्ने युक्ति गर्ने दुष्टजस्तो नहो। 16इमानदार मानिस जतिपल्ट लड्छ, उतिपल्ट ऊ खडा हुन्छ तर विपत्तिले दुष्टलाई विनाश गर्छ।
२८
17शत्रुहरूमाथि विपत्ति आइलाग्दा हर्षित नहोऊ, तिनीहरू लड्दा रमाहट नगर्। 18परमप्रभुले तँ खुसी भएको थाहा पाउनुहुनेछ र त्यो उहाँले मन पराउनुहुन्न। अनि तिनीहरूलाई दण्ड दिनुहुनेछैन।
२९
19दुष्ट मानिसहरूका कारणले चिन्ता नगर, तिनीहरूको ईर्ष्या नगर्। 20दुष्टको भविष्य अँध्यारो हुन्छ त्यसको केही आशा हुँदैन।
३०
21ए मेरो छोरो, परमप्रभुको भय मान् र राजाको आदर गर्। ईश्वरद्रोही र राजद्रोहीहरूसित केही सम्बन्ध नराख्। 22त्यस्ता विद्रोहीहरू एकै छिनमा नाश हुन्छन्। परमेश्वर वा राजाले कस्तो किसिमको विनाश ल्याउनुहुन्छ, कसले जान्दछ र?
बुद्धिका अरू उखानहरू
23बुद्धिमान् मानिसहरूले यी बुद्धिका कुराहरू पनि भनेका छन्–
न्यायाधीशले न्याय गर्दा पक्षपात गर्नु ठीक होइन। 24उसले कुनै अपराधीलाई निर्दोष छ भन्ने फैसला दियो भने सबैले उसलाई सराप्नेछन् र घृणा गर्नेछन्। 25दोषीलाई सजायँ दिने न्यायाधीशको फलिफाप र सुनाम हुन्छ।
26सोझो जवाफ मित्रताको चिनो हो।
27पहिले खेतबारी तयार गर र आफ्नो जीविकाको मेलो पक्का गर र त्यसपछि मात्र घर बनाऊ।
28असल कारणबिना कसैका विरुद्धमा गवाही नदेऊ अथवा उसको बारेमा झूटो केही नभन। 29बदला लिने विचारले यसो नभन, “मलाई त्यसले गरेझैँ म त्यसलाई गर्नेछु! म त्यसलाई साटो फेर्नेछु!”
30अल्छी र मूर्ख मानिसका खेत र दाखबारीबाट भएर म गएँ। 31ती काँडाघारी र बेकामका झार-पातले भरिएका थिए। चारैपट्टिका ढुङ्गाका पर्खाल भत्किसकेका थिए। 32त्यो देखेर मैले सोचें र एउटा पाठ सिकें। 33#हितोपदेश 6:10,11अलिबेर आँखा चिम्लेर सुत्, हात बाँधेर आराम गर्, 34तर सुतिरहेको बेला डाँकाझैँ दरिद्रता तँमाथि आइलाग्नेछ।
अहिले सेलेक्ट गरिएको:
हितोपदेश 24: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.