अनि तिनले दुष्कर्म गर्नबाट तँलाई बचाउनेछन्, आफ्ना बोलीद्वारा अशान्ति गराउने मानिसहरूबाट तँलाई जोगाउनेछन्। त्यस्ता मानिसहरू धर्मी जीवन त्यागी पापको अन्धकारमा बास गर्छन् र खराबी गर्न र विवेकहीन दुष्ट्याइँमा आनन्द लिन्छन्, र भर पर्न नसकिने अविश्वासीहरू हुन्छन्। चाप्लुसी कुराले लोभ्याएर तेरो चरित्र नष्ट गर्न खोज्ने व्यभिचारिणी स्त्रीको तैंले सामना गर्न सक्नेछस्– जुन स्त्रीले आफ्ना लोग्नेसित विश्वासघात गर्दछे र आफ्नो पवित्र शपथ भुल्दछे। तँ त्यस स्त्रीको घर गइस् भने मृत्युमा पुग्नेछस्, त्यहाँ जानु नै मृत्यु-लोकमा जानु हो। त्यसकहाँ जाने कोही पनि फर्की आउँदैन अथवा त्यसले जीवनको मार्ग फेरि पहिल्याउन सक्दैन। यसैकारण तैँले असल मानिसहरूको चालमा चल्नुपर्छ र धर्मी जीवन बिताउनुपर्छ। धर्मी र इमानदार मानिसहरू यस देशमा बास गर्नेछन्। परमेश्वरले दुष्टहरूलाई देशबाट हटाउनुहुनेछ अनि पापीहरूलाई झार उखेलेझैँ जरैसमेत उखेल्नुहुनेछ।
हितोपदेश 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 2:12-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू