साँचो साक्षीले छल गर्दैन तर झूटा साक्षीले झूटा कुराहरू फैलाउँछ। अहङ्कारी कहिल्यै बुद्धिमान् बन्न सक्दैन तर समझदार मानिसले चाँडै सिक्छ। मूर्खबाट टाढा बस्, त्यसले केही कुराको ज्ञान दिन सक्दैन। चतुर मानिस कसरी बुद्धिमान् हुन्छ? किनभने उसले आफ्नो कर्तव्य जान्दछ। मूर्ख कसरी बुद्धु हुन्छ? किनभने त्यसले जान्दछ भनी विचार मात्र गर्छ। मूर्खहरूले आफूले पाप गरेको वास्ता राख्दैनन् तर असल मानिसहरूले क्षमा पाउने चाहना गर्छन्। तिमी हाँस्दा एक्लै हाँस्छौ, तिमी रुँदा पनि एक्लै रुन्छौ। कसैले तिम्रो हाँसो र आँसुमा साथ दिँदैन। दुष्टको घर भत्केर जान्छ तर धर्मीको घर खडै रहन्छ। जुन बाटो ठीक छ भनी तिमी सोच्दछौ, त्यसले तिमीलाई मृत्युमा पुर्याउला। मुखको हाँसोले मनको पीरलाई ढाक्ला तर आनन्द हराएपछि त्यहाँ अफसोस रहिरहन्छ। खराब मानिसले भोग्नुपर्ने फल भोग्ने नै छ तर असल मानिसले आफ्नो कामको इनाम पाउनेछ।
हितोपदेश 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 14:5-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू