ज्ञानी मानिसहरूले अर्तीका कुरा सुन्छन् तर मूर्ख कुरा गर्नेहरूचाहिँ नष्ट भएर जान्छन्। इमानदार मानिसले कुशल र सुरक्षा पाउँछ तर बेइमानीचाहिँ पक्राउ पर्छ। सत्य कुरा लुकाउनेले आपत्ति ल्याउँछ तर खुलस्त हप्काउनेले शान्ति कायम गर्दछ। असल मानिसको बोली जीवनको मूल हो, तर दुष्टको वचनले हिँसालु बानीलाई लुकाउँदछ। घृणाले झगडा बढाउँदछ तर प्रेमले सबै दोष ढाक्दछ। समझदार मानिसले बुद्धिको कुरा गर्छ तर मूर्ख मानिसलाई कोर्रा लाउनुपर्छ। बुद्धिमान् मानिसले सकेसम्म ज्ञान बटुलेर राख्दछ तर मूर्ख बोल्दा अशान्ति नजिक आउँदछ। धनले धनीको रक्षा गर्दछ, दरिद्रताले दरिद्रलाई नाश गर्दछ, असल कामको इनाम जीवन हो तर पापले पाप बढाउँछ। सुधार ग्रहण गर्नेले जीवन पाउँदछ तर आफ्नो भुल स्वीकार नगर्ने खतरामा पर्छ। मनमा आफ्नो घृणा लुकाउने मानिस ढँटुवा हो, व्यर्थका कुरा फैलाउने मानिस मूर्ख हो। जति धेरै बोल्छौ, उति नै धेरै पाप गर्ने सम्भावना हुन्छ, बुद्धिमान् मानिस चुप भई बस्छ।
हितोपदेश 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 10:8-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू