धर्मी मानिसको बोलीले धेरैलाई लाभ गराउँछ तर मूर्खताले आफ्नै नाश गर्दछ। परमप्रभुको आशिष्ले तिमी धनी बन्दछौ तर कठोर परिश्रमले तिमीलाई धनी पार्दैन। दुष्कर्ममा आनन्द पाउनु मूर्खता हो, समझदार मानिसहरू बुद्धिमा आनन्दित र खुसी हुन्छन्। धर्मीले चिताएको पूरा हुन्छ तर दुष्ट जे कुरासित डराउँछ, त्यही त्यसले पाउँदछ, आँधी आएर दुष्टलाई उडाइलैजान्छ तर इमानदार मानिसहरू सधैँ सुरक्षित नै रहन्छन्। अल्छीलाई आफ्नो काम गर्न कहिले नलगा, दाँतमा सिर्का वा आँखामा धुवाँ परेझैँ त्यसले तँलाई पिरोल्नेछ। परमप्रभुको आज्ञापालन गर र तिमी दीर्घायु हुनेछौ, दुष्टहरू समय नपुगी मरिजान्छन्। धर्मीको आशाको अन्त आनन्द हुन्छ तर दुष्टले केही कुराको पनि आशा राख्न सक्दैन। परमप्रभुले इमानदार मानिसहरूको रक्षा गर्नुहुन्छ तर दुष्टहरूको नाश गर्नुहुन्छ। धर्मीहरू सधैँ सुरक्षित रहन्छन् तर दुष्टहरू पृथ्वीमा रहनेछैनन्।
हितोपदेश 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 10:21-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू