YouVersion लोगो
खोज आइकन

हितोपदेश 1:24-28

हितोपदेश 1:24-28 सरल नेपाली

मैले तिमीहरूलाई बोलाइरहेको छु, आओ भनी निम्‍तो दिइरहेको छु तर तिमीहरूले मेरो कुरा सुन्‍दैनौ। तिमीहरूले मतिर ध्‍यानै दिएनौ। तिमीहरूले मेरो सल्‍लाह सुनेनौ र तिमीहरूलाई सुधार्ने मौका मलाई दिएनौ। जब तिमीहरू कष्‍टमा पर्नेछौ, म तिमीहरूमाथि हाँस्‍नेछु, डरलाग्‍दा विपत्तिहरू आइलाग्‍दा म तिमीहरूलाई खिसी गर्नेछु– विपत्ति तिमीहरूमाथि आँधीझैँ आउनेछ, दु:खको डरलाग्‍दो हुरी चल्‍नेछ र तिमीहरू कष्‍ट र पीडामापर्नेछौ। त्‍यस बेला म तिमीहरूलाई खिसी गर्नेछु। त्‍यस बेला तिमीहरूले बुद्धिलाई पुकार्नेछौ तर म जवाफ दिनेछैनँ। सबै ठाउँहरूमा तिमीहरूले मलाई खोज्‍नेछौ तर मलाई भेट्टाउनेछैनौ।

हितोपदेश 1 पढ्नुहोस्