YouVersion लोगो
खोज आइकन

फिलिप्पी 4:19-23

फिलिप्पी 4:19-23 सरल नेपाली

मेरा परमेश्‍वरले नै तिमीहरूको खाँचो पूरा गर्नुहुनेछ। ख्रीष्‍ट येशूमा भएको उहाँको असीम धन सम्‍पत्तिबाट नै तिमीहरूलाई चाहिने कुरा दिनुहुनेछ। हाम्रा पिता परमेश्‍वरको सदासर्वदा जय-जयकार होइरहोस्! आमेन। ख्रीष्‍ट येशूमा भएका सबै पवित्र जनहरूलाई मेरो अभिवादन छ। यहाँ मसँग हुने भाइहरूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। ख्रीष्‍ट येशूका सबै पवित्र जनहरूले अनि मुख्‍य गरेर रोमी सरकारको दरबारमा हुनेहरूले अभिवादन पठाएका छन्। प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस्।

फिलिप्पी 4 पढ्नुहोस्