YouVersion लोगो
खोज आइकन

गन्‍ती 24:15-17

गन्‍ती 24:15-17 सरल नेपाली

तब तिनले यो अगमवाणी गरे: “बओरको छोरो बालामको सन्‍देश, त्‍यस मानिसको वचन जसले छर्लङ्ग देख्‍न सक्‍छ: परमेश्‍वरले भन्‍नुभएको वचन जसले सुन्‍न सक्‍छ र सबैभन्दा उच्‍च परमेश्‍वरबाट आउने ज्ञान ग्रहण गर्दछ जसले भूइँमा पल्टेर खुल्‍ला आँखाले सर्वशक्तिमान्‌ परमेश्‍वरको दर्शन देख्‍न सक्‍छ। म भविष्‍यतिर हेर्दछु र इस्राएल जातिलाई देख्‍दछु। चम्‍किलो ताराजस्‍तो, एउटा राजा त्‍यस जातिमा उदाउनेछन्। लाम्‍पुच्छ्रे ताराझैँ इस्राएलबाट तिनी निस्‍कनेछन्। तिनले मोआबका अगुवाहरूलाई हिर्काउँनेछन् र शेतका सबै मानिसहरूलाई हराउनेछन्।

गन्‍ती 24 पढ्नुहोस्