गन्ती 24:15-17
गन्ती 24:15-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब तिनले यो अगमवाणी गरे: “बओरको छोरो बालामको सन्देश, त्यस मानिसको वचन जसले छर्लङ्ग देख्न सक्छ: परमेश्वरले भन्नुभएको वचन जसले सुन्न सक्छ र सबैभन्दा उच्च परमेश्वरबाट आउने ज्ञान ग्रहण गर्दछ जसले भूइँमा पल्टेर खुल्ला आँखाले सर्वशक्तिमान् परमेश्वरको दर्शन देख्न सक्छ। म भविष्यतिर हेर्दछु र इस्राएल जातिलाई देख्दछु। चम्किलो ताराजस्तो, एउटा राजा त्यस जातिमा उदाउनेछन्। लाम्पुच्छ्रे ताराझैँ इस्राएलबाट तिनी निस्कनेछन्। तिनले मोआबका अगुवाहरूलाई हिर्काउँनेछन् र शेतका सबै मानिसहरूलाई हराउनेछन्।
गन्ती 24:15-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब तिनले यसरी आफ्नो ईश्वरवाणी दिए: “बओरको छोरो बालाम भन्छ, जुन मानिसको आँखा खुला छ, त्यसको वाणी। परमेश्वरका वचन सुन्नेले यसो भन्छ, जसले सर्वोच्चको ज्ञान जान्नेको, जसले सर्वशक्तिमान्बाट दर्शन पाउँछ, जसले साष्टाङ्ग दण्डवत् गर्दछ, र जसका आँखा खोलिएका छन्। “म उहाँलाई देख्छु, तर अहिले त होइन। म उहाँलाई हेर्छु, तर नजिकै त होइन। याकूबबाट एउटा तारा आउनेछ, र इस्राएलबाट एउटा राजदण्ड उदय हुनेछ। उहाँले मोआबका टाउको किच्च्याउनुहुनेछ, अनि शेथका सन्तानलाई ध्वंस पार्नुहुनेछ।
गन्ती 24:15-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब बालामले आफ्नो सन्देश भने: “बओरका छोरा बालामको अगमवाणी, उसको अगमवाणी, जसको आँखाले स्पष्ट गरी देख्छ; उसको अगमवाणी, जसले परमेश्वरले भन्नुभएको वचन सुन्छ, जससँग सर्वशक्तिमान् परमेश्वरको ज्ञान छ; जसले सर्वोच्चबाट दर्शन देख्छ: जसले झुकेर दण्डवत् गर्छ, र जसका आँखा खुल्ला रहन्छन्: “म उहाँलाई देख्छु, तर अहिले होइन; म उहाँलाई हेर्छु, तर नजिकै त होइन। याकोबबाट एउटा तारा निस्कनेछ; इस्राएलबाट एउटा राजदण्ड उठ्नेछ। अनि त्यसले मोआबका निधारहरू र शेतका सबै मानिसहरूका टाउको कुच्याउनेछ।
गन्ती 24:15-17 पवित्र बाइबल (NERV)
तब बिलामले यी कुराहरू भनेः “यो बओरको छोरो बिलाम जसले आफ्नो आखाँले सफासँग देख्न सक्छ, कसले परमेश्वरको वचन सुन्न सक्छ, अनि कसले सर्वउच्च परमेश्वरबाट ज्ञान प्राप्त गर्न सक्छ? सर्वशक्तिमान परमेश्वरले यो कुराहरू देखाउनु भयो त्यो मैले देखें। म नम्रता पूर्वक तपाईंलाई भन्छु के म स्वच्छ देख्दैछु। “म परमप्रभुलाई देख्न सक्छु, तर अहिले होइन, म उहाँलाई देख्न सक्छु, तर नजीकबाट होइन। एउटा राजा तारा जस्तै याकूबको वंशबाट आउनेछ, इस्राएलका मानिसहरूबाट एक जना शासक जन्मनेछ। मोआबी मानिसहरूको त्यस शासकले टाउको किच्चयाउनुहुनेछ अनि शेतको वंशनै ध्वंश पार्नु हुनेछ।