YouVersion लोगो
खोज आइकन

गन्‍ती 20

20
कादेशमा भएको घटना
(प्रस्‍थान १७:१-७)
1पहिलो महिना इस्राएलका सारा जन-समुदाय सीनैको उजाड मरुस्‍थलमा आइपुगे र कादेशमा छाउनी हाली बसे। मिरियम मरिन् र तिनलाई त्‍यहीँ गाडियो।
2 # प्रस्‍थान 17:1-7 तिनीहरू बास बसेको ठाउँमा पानी थिएन। यसकारण मानिसहरूले मोशा र हारूनलाई घेरेर 3दोष लगाउन थाले, “हाम्रा इस्राएली सङ्गीहरूसित हामी पनि परमप्रभुको पवित्र पालअघि मर्न पाएका भए असल हुनेथियो। 4किन तिमीहरूले हामीलाई यो मरुस्‍थलमा ल्‍यायौ? यहाँ हामी हाम्रा जन्‍तुहरूसहित मरौं भनेर ल्‍याएका हौ? 5किन हामीलाई मिश्रदेखि निकाली यो आत्तेसलाग्‍दो ठाउँमा ल्‍यायौ, जहाँ केही उम्रँदैन? यहाँ अन्‍न, नेभारा, अङ्‌गुर, अनार केही छैन। पिउने पानी पनि छैन!” 6मोशा र हारून मानिसहरूदेखि हटेर गई पवित्र पालको ढोकामा उभिए। तिनीहरू जमिनसम्‍मै घोप्‍टे र परमप्रभुको उपस्‍थितिको तिरीमिरी पार्ने ज्‍योति त्‍यहाँ देखा पर्‍यो।
7परमप्रभुले मोशालाई भन्‍नुभयो, 8“करारका सन्‍दुकको अघि भएको लौरो हातमा ली। हारून र तैँले सबै इस्राएलीहरूलाई भेला गर्नू र तिनीहरूको सामु त्‍यो चट्टानसित कुरा गर्नू। चट्टानबाट पानी जोडले बही निस्‍कनेछ। यस प्रकारले चट्टानबाट तिमीहरूले मानिसहरूको लागि पानी निकाल्‍नेछौ र तिनीहरू र तिनीहरूका पशुहरूले पानी पिउनेछन्।” 9मोशाले गएर परमप्रभुले आज्ञा गरेअनुसार लौरो लिए।
10मोशा र हारूनले सबै मानिसहरूलाई चट्टानको अघि भेला गरे र मोशाले भने, “सुन, ए विद्रोही मानिसहरू हो! के यो चट्टानबाट तिमीहरूलाई पानी निकालिदिऊँ?”
11तब मोशाले लौरो उठाएर चट्टानलाई दुईचोटि हिर्काए। त्‍यहाँबाट पानीको एउटा ठूलो मूल फुटेर निस्‍क्‍यो र सबै मानिस र पशुहरूले पानी पिए।
12तर परमप्रभुले मोशा र हारूनलाई हप्‍काउनुभयो। उहाँले भन्‍नुभयो, “मेरो पवित्र शक्ति इस्राएलका मानिसहरूको अघि स्‍वीकार गर्ने पूरा विश्‍वास तिमीहरूसित नभएको कारणले मैले दिउँला भनी प्रतिज्ञा गरेको देशमा तिमीहरूले अब तिनीहरूलाई पुर्‍याउन पाउनेछैनौ।”
13यो घटना मेरीबामा भएको हो। मेरीबामा मानिसहरूले परमप्रभुका विरुद्धमा गनगन गरे र उहाँले म पवित्र छु भनी तिनीहरूलाई देखाउनुभयो।
एदोमको राजा र इस्राएली
14मोशाले कादेशबाट एदोमको राजाकहाँ दूतहरू पठाए। तिनीहरूले गएर यसो भने, “तपाईंका आफन्‍तहरू इस्राएलका कुलले यो समाचार पठाउँदै छन्। हामीलाई परेको आएको दु:ख तपाईंलाई थाहा छ। 15हाम्रा पुर्खाहरू मिश्रदेशमा गए र त्‍यहाँ हामीहरू धेरै वर्षसम्‍म बस्‍यौं। मिश्रीहरूले हाम्रा पुर्खा र हामीसित कसरी खराब व्‍यवहार गरे, त्‍यो तपाईंलाई थाहै छ। 16अनि हामीले सहायताको निम्‍ति परमप्रभुलाई पुकार्‍यौं। उहाँले हाम्रो पुकार सुनेर एउटा स्‍वर्गदूत पठाउनुभयो, जसले हामीलाई मिश्रबाट बाहिर निकाली ल्‍याए। अहिले हामी कादेशमा छौं, जुन सहर तपाईंको मुलुकको सीमानानिर छ। 17हामीलाई तपाईंको मुलुकबाट भएर जान दिनुहोस्। हामी र हाम्रा गाई-वस्‍तु बाटो छोडी यताउति खेतबारी वा दाखबारीमा पस्‍नेछैनौं र तपाईंका इनारबाट पानी पनि पिउनेछैनौं। तपाईंका देशबाट बाहिर ननिस्‍कुन्जेल हामी मूल-बाटो भएर जानेछौं।”
18तर एदोमीहरूले उत्तर पठाए, “हामी तिमीहरूलाई हाम्रो देशबाट भएर जान दिन्‍नौं! तिमीहरूले त्‍यसो गर्ने चेष्‍टा गर्‍यौ भने हामी आएर तिमीहरूमाथि हमला गर्नेछौं।”
19इस्राएलीहरूले भने, “हामी मूलबाटोमा हिँड्‍नेछौं। हामीले वा हाम्रा पशुले तपाईंहरूको पानी खाइदियौं भने त्‍यसको दाम दिनेछौं। हामी खालि तपाईंहरूका देशबाट भएर जान चाहन्‍छौं।”
20एदोमीहरूले दोहोर्‍याएर भने, “हामी तपाईंहरूलाई जान दिँदैनौं!” तिनीहरू शक्तिशाली फौज लिई इस्राएलीहरूलाई हमला गर्न निस्‍के। 21एदोमीहरूले आफ्‍ना देशबाट इस्राएलीहरूलाई जान नदिएका कारणले इस्राएलीहरू अर्को बाटो लागे।
हारूनको मृत्‍यु
22इस्राएलका सारा जन-समूह कादेशबाट हिँडे 23र एदोमका सीमानामा होर पर्वतमा आइपुगे। त्‍यहाँ परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, 24“मैले इस्राएललाई दिन्‍छु भनी प्रतिज्ञा गरेको देशमा हारून पस्‍न पाउनेछैन। त्‍यो मर्नेछ किनभने मेरीबामा तिमी दुवैले मेरो आज्ञाको विरोध गर्‍यौ। 25हारून र त्‍यसको छोरो एलाजारलाई होर पर्वतमा लिएर जा 26र त्‍यहीँ हारूनदेखि पूजाहारीका पोशाक उतारेर एलाजारलाई लगाइदे। हारून त्‍यही मर्नेछ।” 27मोशाले परमप्रभुको आज्ञाअनुसार गरे। सबै इस्राएलीहरूले देख्‍दा-देख्‍दै तिनीहरू होर पर्वतमा गए। 28#प्रस्‍थान 29:29; गन्ती 33:38; व्यवस्था 10:6त्‍यहाँ मोशाले हारूनका पूजाहारीका पोशाक उतारेर एलाजारलाई लगाइदिए। त्‍यहीँ पर्वतमाथि हारून मरे अनि मोशा र एलाजार फर्केर तल झरे। 29सबै इस्राएलीहरूले हारून मरेका थाहा पाए र तिनको निम्‍ति तिनीहरूले तीस दिनसम्‍म शोक मनाए।

अहिले सेलेक्ट गरिएको:

गन्‍ती 20: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्