YouVersion लोगो
खोज आइकन

गन्‍ती 17

17
हारूनको लौरो
1परमप्रभुले मोशालाई भन्‍नुभयो, 2“हरेक कुलका अगुवाबाट एउटा लौरोको हिसाबले तँलाई बाह्रवटा लौराहरू दिनू भनी इस्राएलका मानिसहरूलाई भन्। हरेक मानिसको नाम त्‍यसको लौरोमा लेख् 3र लेवीको लौरोमा हारूनको नाम लेख्। प्रत्‍येक कुलको अगुवाको एउटा लौरो हुनेछ। 4म बास गर्ने पवित्र पालमा ती लौराहरू लैजा र मैले तँसित भेट गर्ने करारको सन्‍दुकको सामुन्‍ने तिनीहरूलाई राख्। 5तब जुन मानिसलाई मैले चुनेको छु, त्‍यसको लौरो टुसाउनेछ। तेरो विरुद्धमा इस्राएलीहरूले ल्‍याइरहने दोष म बन्‍द गरिदिनेछु।”
6मोशाले इस्राएलीहरूलाई यो कुरा सुनाए। तिनीहरूको हरेक अगुवाले कुलैपिच्‍छे एउटा-एउटा गरी जम्‍मा बाह्रवटा लौराहरू तिनलाई दिए। हारूनको लौरो पनि तिनीहरूसितै थियो। 7त्‍यसपछि सबै लौराहरू मोशाले पवित्र पालमा परमप्रभुका करारको सन्‍दुकको सामुन्‍ने राखे।
8 # हिब्रू 9:4 भोलिपल्‍ट मोशा पवित्र पालमा गए। तिनले लेवी कुलतर्फको हारूनको लौरोमा टुसा पलाएको देखे। त्‍यसका कोपिला लागेका, त्‍यो फक्रेर फूल फुलेको र पाकेको हाडे-बदाम लागेको देखे! 9मोशाले सबै लौराहरू ल्‍याएर इस्राएलीहरूलाई देखाए। के भएको थियो, त्‍यो तिनीहरूले देखे। हरेक अगुवाले आफ्‍नो लौरो फिर्ता लियो। 10परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनको लौरो फर्काएर करारको सन्‍दुकको सामुन्‍ने राख्। यसरी हारूनको लौरो देखेर तिनीहरू मेरो विरुद्धमा गन्‍गनाउन छोड्‍नेछन् र मर्नेछैनन्। यो कुरा विद्रोही इस्राएलीहरूका निम्‍ति चेतावनी बनोस्।” 11परमप्रभुको आज्ञाअनुसार मोशाले गरे।
12इस्राएलीहरूले मोशालाई भने “अब हामी नाश भयौं! 13कोही पवित्र पालको नजिक मात्र आउँदा पनि मर्ने हो भने हामी सबै मरेतुल्‍य भयौं!”

अहिले सेलेक्ट गरिएको:

गन्‍ती 17: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्