त्यसको निम्ति त्यहाँ एउटा काठको मञ्च बनिएको थियो र एज्रा काठको मञ्चमाथि उभिएका थिए। उनको दाहिनेपट्टि मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह, मासेयाह र देब्रे हातपट्टि पदायाह, मीशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया र मशुल्लाम उभिएका थिए। त्यसरी एज्रा मञ्चमा उभिएको बेलामा मानिसहरूले उनलाई एकटक लाएर हेरिरहे। उनले व्यवस्थाको पुस्तक खोल्ने बित्तिकै मानिसहरू खडा भए। एज्राले भने, “महान् परमेश्वर प्रभुको प्रशंसा गर!” तब सबै मानिसहरूले हात आकाशतिर उचालेर “आमेन, आमेन” भने। शिर भूइँसम्म निहुराएर घुँडा टेकी तिनीहरूले परमेश्वरलाई प्रणाम गरे। तब तिनीहरू आ-आफ्ना ठाउँमा उभिए र येशूअ, बानी, शरेबियाह, यामीन, अक्कूब, सब्बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान र पलयाह नाम भएका लेवीहरूले तिनीहरूलाई व्यवस्थाको अर्थ खोलेर बुझाए। तिनीहरूले मुखमुखै व्यवस्था सरल भाषामा अनुवाद गर्दै अर्थ खोलिदिए र मानिसहरूले बुझे।
नहेम्याह 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहेम्याह 8:4-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू