नहेम्याह 7
7
1अब पर्खाल बनिसकेको थियो। ढोकाहरू ठाउँ-ठाउँमा राखिएका थिए। मन्दिरका पहरादारहरू, पवित्र भजन गाउने गायक र लेवीहरू आफ्ना काम-काजमा खटाइएका थिए। 2यरूशलेम सहरमाथि शासन गर्न मैले दुई जना व्यक्ति खटाएँ। ती दुईमा मेरा भाइ हनानी र किल्लाका सेनापति हनन्याह थिए। हनन्याह भरपर्दा र परमेश्वरको भय मान्ने व्यक्ति थिए, उनीजस्तो अरू कोही थिएन। 3मैले तिनीहरूलाई यरूशलेमका ढोकाहरू बिहान घाम नझुल्कुञ्जेलसम्म नखोल्नू र बेलुका घाम अस्ताएपछि पहरादारहरू हुँदाहुँदै ढोकाहरू बन्द गरेर राम्ररी आग्लाहरू लगाउनू भनें। पहरादारहरू यरूशलेमकै बासिन्दाहरूबाट खटाउनू, तिनीहरूलाई विशेष-विशेष ठाउँमा पहरा दिन लाउनू र तीबाहेक अरू मानिसहरूलाई चाहिँ आ-आफ्ना घरका चारैपट्टि गस्ती लाउन आदेश दिएँ।
कैदबाट फर्कनेहरूको सूची
(एज्रा २:१-७०)
4यरूशलेम सहर ठूलो र फैलिएको थियो, तर त्यहाँ बास गर्ने मानिसहरू थोरै थिए। धेरै घर अझ बनिएको थिएन। 5मैले अगुवा, भारदार र मानिसहरू सबैलाई भेला गरी, तिनीहरूको वंशावली जाँच गर्ने प्रेरणा परमेश्वरबाट पाएँ। कैदबाट छुटेर सबैभन्दा पहिले फर्कनेहरूको वंश-सूची मैले फेला पारें र त्यहाँ यी कुराहरू भेट्टाएँ–
6धेरै कैदीहरू बेबिलोन प्रान्तदेखि फर्केर यरूशलेम र यहूदामा आएका थिए र आ-आफ्ना सहरमा गएका थिए। उनका परिवारहरू नबूकदनेसर राजाले कैद गरेर लगेपछि आफ्ना देशबाहिर बेबिलोनियामा बास गरिरहेका थिए। 7उनका अगुवाहरू यरुबाबेल, येशूअ, नहेम्याह, अजर्याह, राम्याह, नहमानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्वै, नेहूम र बानाह थिए।
8-25कैदबाट फर्कने इस्राएलीहरूका वंश-वंशको नाम र सङ्ख्या यस प्रकारको छ:
परोश — २,१७२
शपत्याह — ३७२
आरा — ६५२
पहत-मोआब (येशूअ र योआबका सन्तान) — २,८१८
एलाम — १,२५४
जत्तू — ८४५
जक्कै — ७६०
बिन्नूई — ६४८
बेबै — ६२८
अज्गाद — २,३२२
अदोनीकाम — ६६७
बिग्वै — २,०६७
आदीन — ६५५
आतेर (जसलाई हिजकिया पनि भनिन्छ) — ९८
हाशूम — ३२८
बेजै — ३२४
हारीप — ११२
गिबोन: ९५
26-38आ-आफ्ना पुर्ख्यौली सहरमा मानिसहरू यसरी फर्कंदै थिए:
बेथलेहेम र नतोपा — १८८
अनातोतमा — १२८
बेथ-अज्मावेतमा — ४२
किर्यत-यारीममा, कपीरा र बेरोतमा — ७४३
रामा र गेबामा — ६२१
मिकमाशमा — १२२
बेथेल र ऐमा — १२३
अर्को नेबोमा — ५२
अर्को एलाममा — १,२५४
हारीममा — ३२०
यरीहोमा — ३४५
लोद, हादीद र ओनोमा — ७२१
सेनाहमा — ३,९३०
39-42कैदबाट फर्कने पूजाहारीहरूका वंश यस्तो थियो:
यदायाहको (येशूअका सन्तान) — ९७३
इम्मेरको — १,०५२
पशहूरको — १,२४७
हारीमको — १,०१७
43-45कैदबाट फर्कने लेवीहरूका वंश:
येशूअ र कादमीएलको परिवार (होदबियाका सन्तान) — ७४
मन्दिरका गायकहरू (आसापका सन्तान) — १४८
मन्दिरका पहरादारहरू (शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता र शोबैका सन्तान) — १३८।
46-56कैदबाट फर्कने मन्दिरका सेवकहरूका वंश:
सीहा, हसूपा, तब्बाओत,
कोरेस, सीआ, पादोन,
लेबाना, हगाबा, शल्मै,
हानान, गिद्देल, गहर,
रायाह, रसीन, नकोदा,
गज्जाम, उज्जा, पसेह,
बेजै, मोनिम, नेपुसीम,
बक्बूक, हकूपा, हर्हुर,
बस्लूत, महीदा, हर्शा,
बर्कोस, सीसरा, तेमह,
नसीह र हतीपा।
57-59कैदबाट फर्कने सोलोमनका चाकरहरूका वंश:
सोतै, सोपेरेत, पारीद,
याला, दर्कोन, गिद्देल,
शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम र आमोन।
60कैदबाट फर्केका मन्दिरका सेवक र सोलोमनका चाकरहरूको जम्मा सङ्ख्या ३९२ थियो।
61-62दलायाह, तोबिया र नकोदा वंशका ६४२ जना मानिसहरू तेल-मेलह, तेल-हर्शा, करूब, आदोन र इम्मेर भनिने सहरहरूबाट फर्किआएका थिए तर तिनीहरूले हामी इस्राएलका सन्तान हौं भनी प्रमाण दिन सकेनन्।
63-64पुरोहित वंशका होबायाह, हक्कोस र बर्जिल्लै परिवारले वंशावलीमा आफ्नो पुर्खाको नाम पाउन सकेनन् (पुरोहित वंश बर्जिल्लैका एक जना पुरुषले गिलादी बर्जिल्लैकी एउटी कन्या विवाह गरेर ससुराली नाम बर्जिल्लै चलाएर ल्याएको थियो)। तिनीहरूले आफ्ना पिता-पुर्खाको बारेमा प्रमाण दिन नसकेको कारणले तिनीहरूलाई पुरोहित भनी ग्रहण गरिएन। 65#प्रस्थान 28:30; व्यवस्था 33:8तिनीहरूले परमेश्वरलाई चढाएको भोजन खान सक्दैनन् तर ऊरीम र तुम्मीम (परमेश्वरको इच्छा चिन्नलाई प्रयोग गरिने वस्तुहरू) चलाउन सक्ने कुनै पूजाहारी पाइएपछि भने तिनीहरूले सो भोजन खान सक्छन् भन्ने उर्दी यहूदी बडा-हाकिमले दिए।
66-69फर्किएका कैदीहरूको जम्मा सङ्ख्या ४२,३६० थियो।
तिनीहरूका चाकर र चाकर्नीहरू ७,३३७
पुरुष र स्त्री गवैयाहरू २४५
घोडा ७३६
खच्चर २४५
ऊँट ४३५
र गधा ६,७२० थिए।
70-72धेरै मानिसहरूले मन्दिर बनाउने खर्चमा धन दिएर सघाए:
बडा-हाकिमले | ८ किलो सुन, ५० वटा आराधनामा चलाउने बाटा, ५३० वटा पूजाहारीले लाउने पोशाक। |
वंश-वंशका अगुवाहरूले | १६८ किलो सुन, १,२५० किलो चाँदी। |
बाँकी मानिसहरूले | १६८ किलो सुन, १४० किलो चाँदी, ६७ वटा पूजाहारीले लाउने पोशाक। |
73 #
१ इतिहास 9:2; नहेम्याह 11:3 इस्राएलका सबै मानिसहरू: पूजाहारी, लेवी, मन्दिरका पहरादार, गवैया, अरू साधारण मानिस, मन्दिरमा काम गर्नेहरू यहूदाका सहर र गाउँहरूमा बसोबास गर्थे।
अहिले सेलेक्ट गरिएको:
नहेम्याह 7: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.