तर शत्रुहरूका बीचमा बास गर्ने यहूदीहरू शत्रुले हाम्रा विरुद्धमा गरेका युक्तिहरूको बारेमा हामीलाई होशियार गराउन घरीघरी आइरहन्थे। यसकारण मैले मानिसहरूलाई तरवार, भाला र धनु-काँड भिर्नलाई र आ-आफ्ना कुलअनुसार पर्खाल बनिनसकेका ठाउँ-ठाउँमा पहरा राखिदिएँ। मानिसहरू चिन्तित देखिन्थे। यसकारण तिनीहरूलाई र तिनका अगुवा र भारदारहरूलाई मैले यसो भनें, “शत्रुहरूसँग नडराऔं। हाम्रा परमप्रभु कति महान् र भययोग्य हुनुहुन्छ भनी याद गर र आफ्ना स्वदेशी भाइ-बन्धुहरू, छोरा-छोरीहरू, स्वास्नीहरू र घरका लागि लडाइँ गर।”
नहेम्याह 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहेम्याह 4:12-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू