तब उनीहरूका बीचमा बस्ने यहूदीहरू आए, र तिनीहरूले हामीलाई दशौँ पल्ट यसो भनेर चेताउनी दिए, “तपाईंहरू जता फर्कनुभए पनि हरेक ठाउँबाट उनीहरूले हामीलाई आक्रमण गर्नेछन्।” त्यसैले पर्खालको पछाड़ि खुला भएका सबैभन्दा तल्ला समतल ठाउँहरूमा अड्डा जमाउन भनी मैले मानिसहरूलाई तिनीहरूका परिवार-परिवारअनुसार आफ्ना तरवार, भाला र धनुर्बाण लिएर बस्ने आदेश दिएँ। तब उठेर मैले ती सबको निरीक्षण गरें, र भारदारहरू, अधिकृतहरू र सबै मानिसहरूलाई यसो भनें, “उनीहरूसँग नडराओ। महान् र भययोग्य परमप्रभुको सम्झना गर, र आफ्ना दाजुभाइ, छोराछोरी, पत्नी र घरहरूका निम्ति युद्ध गर।”
नहेम्याह 4 पढ्नुहोस्
सुन्नुहोस् नहेम्याह 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहेम्याह 4:12-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू