YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 4:1-6

नहेम्‍याह 4:1-6 सरल नेपाली

हामी यहूदीहरूले पर्खाल बनाउन थालेको सुनेर सन्‍बलत औधी झोकियो र हाम्रो गिल्‍ला गर्न थाल्‍यो। आफ्‍ना साथीहरू र सामरी सैनिकहरूको अघि उसले भन्‍यो, “यी निर्धा यहूदीहरूले के गर्छौं भनेर सोच्‍दा हुन्? के तिनीहरूले सहर नयाँ गरी बनाउने हुन्? तिनीहरूले बलिदान चढाएर एकै दिनमा काम सिध्‍याउँछौं भनी ठान्‍छन् कि कसो? ती जलेका धूलाहरूबाट तिनीहरूले घर बनाउने ढुङ्गा निकाल्‍छौं भन्‍छन् त?” छेउमा उभिरहेको तोबियाले भन्‍यो, “तिनीहरूले कस्‍तो पर्खाल बनाउन सक्‍लान् र? एउटा स्‍यालले पनि भत्‍काइदिनेछ।” मैले प्रार्थना गरें, “हे परमेश्‍वर, सुन्‍नुहोस्, तिनीहरूले कसरी हामीलाई खिसी गर्दै छन्। तिनीहरूको गिल्‍ला तिनीहरूकै थाप्‍लोमा परोस्। तिनीहरूका सारा धन चोरले लुटून् र तिनीहरूलाई विदेशमा कैदी भएर जानुपरोस्। तिनीहरूले गरेका दुष्‍कर्म र पाप नभुल्‍नुहोस् किनकि हामी पर्खाल बनाउनेहरूलाई तिनीहरूले अपमान गरेका छन्।” हामीले पर्खाल बनाइरह्यौं र चाँडै त्‍यसको आधा उचाइसम्‍म उठायौं। मानिसहरू काम सिध्‍याउन उत्‍सुक थिए।

नहेम्‍याह 4 पढ्नुहोस्