YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 4:1-6

नहेम्‍याह 4:1-6 NNRV

जब हामीले पर्खालको पुनर्निर्माण गरिरहेका कुरा सन्‍बलतले सुने तब उनी साह्रै क्रोधित भए। रीसको झोँकमा उनले यहूदीहरूलाई खिसी गरेर आफ्‍ना सहयोगीहरू र सामरियाका फौजको सामुन्‍ने यसो भने, “यी निर्बल यहूदीहरू के गर्दैछन्‌? के तिनीहरूले आफ्‍नो पर्खालको पुनर्निर्माण गर्नेछन्‌? के तिनीहरूले बलिदान चढ़ाउनेछन्‌? के तिनीहरू यो काम एकै दिनमा सिद्ध्याउँछन्‌? कसिङ्गरका थुप्राबाट ती जलिसकेका ढुङ्गाहरू के तिनीहरूले पुनर्जीवित पार्न सक्‍छन्‌ र?” उनको छेउमा उभिरहने अम्‍मोनी तोबियाले भने, “तिनीहरूले जेसुकै बनाइरहे तापनि एउटा स्‍याल ढुङ्गाको त्‍यस पर्खालमा चढ़्यो भने, त्‍यो भत्‍किनेछ।” हे हाम्रा परमेश्‍वर, हाम्रो प्रार्थना सुन्‍नुहोस्‌। किनभने उनीहरूले त हाम्रो अपमान गरिरहेका छन्‌। उनीहरूको गिल्‍ला उनीहरूकै शिरमाथि फर्काइदिनुहोस्, र कैदको देशमा उनीहरूलाई लूटको रूपमा दिनुहोस्‌। उनीहरूको अपराध ढाक्‍नुहोस्, अथवा आफ्‍नो दृष्‍टिबाट उनीहरूका पाप नहटाउनुहोस्, किनभने निर्माण गर्नेहरूलाई उनीहरूले खुल्‍लम-खुल्‍ला निन्‍दा गरेका छन्‌। यसरी हामीले त्‍यसको आधा उचाइसम्‍म चारैतिर पर्खाल बनायौं, किनकि मानिसहरूले तनमन दिएर काम गरे।