YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 13:1-2

नहेम्‍याह 13:1-2 सरल नेपाली

मानिसहरूलाई मोशाका व्‍यवस्‍था जोडले पढेर सुनाएको बेलामा तिनीहरूले यो कुरा सुने, जहाँ अम्‍मोन अथवा मोआबीहरूलाई परमेश्‍वरको प्रजासँग मिसिन दिनुहुन्‍न भनी लेखिएको थियो। मिश्रदेशबाट निस्‍की यात्रामा हिँडेका बेलामा अम्‍मोनी र मोआबीहरूले इस्राएलीहरूलाई केही खाना-पिना दिएका थिएनन्, त्‍यसका सट्टामा तिनीहरूले इस्राएलीहरूलाई सराप दिन बालामलाई ज्‍याला दिएका थिए। त्‍यही कारणले त्‍यसो लेखिएको थियो। तर हाम्रा परमेश्‍वरले त्‍यस सरापलाई आशिष्‌मा परिवर्तन गरिदिनुभएको थियो।

नहेम्‍याह 13 पढ्नुहोस्