येशूले फेरि भन्नुभयो, “परमेश्वरको राज्य एउटा मान्छेले आफ्नो बारीमा बीउ छरेकोजस्तो हुन्छ। ऊ सुते पनि, उठे पनि रातदिन बीउहरू उम्रेर बढिरहेका हुन्छन्। तर यो कसरी हुन आयो, उसलाई थाहा हुँदैन। माटो आफैंले बिरुवाहरू उमार्छ र फल फल्ने बनाउँछ। पहिले कलिलो टुसा निस्कन्छ, बढ्छ अनि बाला लाग्छ। बाली पाकेपछि भने त्यसले हँसिया लगाएर बाली काट्न थाल्छ किनभने फसल उठाउने बेला भइसकेको हुन्छ।
मर्कूस 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 4:26-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू