YouVersion लोगो
खोज आइकन

मर्कूस 4:10-15

मर्कूस 4:10-15 सरल नेपाली

मानिसको घुइँचो गएपछि बाह्र जना चेला र अरू केही साथीहरूले येशूसँग उहाँले दृष्‍टान्‍त दिंदै भन्‍नुभएको कुराबारे सोधे। येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई चाहिँ परमेश्‍वरको राज्‍यको भित्री भेद जान्‍न दिइएको छ, तर बाहिरका मानिसहरूलाई चाहिँ सबै कुरा दृष्‍टान्‍तको रूपमा नै भनिन्‍छ, ताकि तिनीहरूले हेर्न त हेर्छन् तर देख्‍दैनन्, सुन्‍न त सुन्‍छन् तर बुझ्‍दैनन्’।” नत्रता तिनीहरूले आफ्‍नो पापलाई मानिलिएर परमेश्‍वरकहाँ आउनेथिए र उहाँले तिनीहरूलाई पाप क्षमा दिनुहुनेथ्यो।” अनि येशूले चेलाहरूलाई सोध्‍नुभयो, “के तिमीहरूले यो दृष्‍टान्‍तको अर्थ बुझ्‍न सकेनौ? त्‍यसो हो भने त तिमीहरूले अरू दृष्‍टान्‍तहरू झन् कसरी बुझौला? बीउ छर्नेले परमेश्‍वरको शिक्षालाई फैलाउँछन्। कति जनाको मनमा यो शिक्षा बाटोमा परेको बीउजस्‍तो हुन्‍छ। शिक्षा सुन्‍नासाथ शैतान झट्टै आएर यसलाई टिपी लैजान्‍छ।

मर्कूस 4 पढ्नुहोस्