YouVersion लोगो
खोज आइकन

मर्कूस 3:31-35

मर्कूस 3:31-35 सरल नेपाली

त्‍यसै बेला येशूका आमा र भाइहरू आइपुगे। तिनीहरूले बाहिरै पर्खेर येशूलाई बोलाउन लगाए। येशूका वरिपरि मानिसको भीड थियो। अनि कसैले उहाँलाई भन्‍यो, “गुरुज्‍यू, तपाईंका आमा र भाइहरूले बाहिर तपाईंलाई बोलाउँदै छन्।” येशूले भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?” अनि उहाँले आफ्‍ना वरिपरि घेरा लागेर बसेका मानिसहरूलाई हेरेर भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन् किनभने परमेश्‍वरको आज्ञापालन गर्नेहरू नै मेरा भाइ, बहिनी र आमा हुन्।”

मर्कूस 3 पढ्नुहोस्