बेलुका येशू बाह्र जना चेलाहरूसँग आइपुग्नुभयो। भोज खाँदाखाँदै येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूकै बीचबाट मसँगै खाने एक जनाले मलाई पक्राइदिनेछ।” यो सुनेर चेलाहरूलाई दु:ख लाग्यो र एक-एक गरी उनीहरूले येशूलाई सोधे, “साँच्चै मलाई त भन्नुभएको होइन?” येशूले भन्नुभयो, “तिमीहरू बाह्र जनामध्ये एक जना हौ, जसले चाहिँ मसँगै रोटी चोपिरहेको छ। धर्मशास्त्रमा लेखिएजस्तै मानव पुत्र त जानु नै पर्छ, तर धिक्कार त्यस मानिसलाई, जसले मानव पुत्रलाई पक्राइदिनेछ! त्यसले त बरु जन्मै नलिएको भए बेस हुने थियो।” खाइरहेको बेलामा येशूले रोटी लिएर परमेश्वरसँग आशीर्वाद मागी टुक्र्याउनुभयो अनि चेलाहरूलाई बाँडिदिंदै भन्नुभयो, “यो लेओ, यो मेरो शरीर हो।” त्यसपछि उहाँले कचौरा पनि लिनुभयो, परमेश्वरलाई धन्यवाद चढाएर चेलाहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए। अनि येशूले भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो, जो धेरै मानिसहरूका लागि बगाइनेछ। साँच्चै म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्यमा नयाँ गरी नपिउञ्जेलसम्म म फेरि दाखमद्य पिउनेछैनँ।”
मर्कूस 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 14:17-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू