यूहन्नाले यसरी प्रचार गरिरहेको समयमा येशू गालीलको नासरत सहरबाट आउनुभयो अनि उहाँले पनि यूहन्नाको हातबाट यर्दन नदीमा बप्तिस्मा लिनुभयो। पानीबाट बाहिर निस्कनेबित्तिकै येशूले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुरजस्तै आफूमाथि आउँदैगर्नुभएको देख्नुभयो। अनि स्वर्गबाट यसो भनेको सुनियो, “तिमी मेरो प्यारो पुत्र हौ, तिमीसँग म धेरै खुसी छु।” त्यसपछि तुरुन्तै परमेश्वरको आत्माले येशूलाई उजाड-स्थानमा लैजानुभयो। त्यहाँ शैतानले उहाँलाई चालीस दिनसम्म पापमा फसाउन जाँच गर्यो। त्यहाँ जङ्गली जनावरहरू पनि थिए अनि स्वर्गदूतहरूले आएर उहाँको सेवा गरे। यूहन्ना थुनामा परेपछि येशूले गालीलमा गएर परमेश्वरको सुसमाचार सुनाउन लाग्नुभयो। उहाँले भन्नुभयो, “अब समय पूरा भएको छ, परमेश्वरको राज्य आइसक्न लागेको छ। अब पश्चाताप गरेर पाप छोड र सुसमाचारमा विश्वास गर।” गालील तालको किनारमा डुलिरहनुहुँदा येशूले सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेको देख्नुभयो। अनि येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” यो सुन्नेबित्तिकै तिनीहरूले आफ्ना जालहरू छोडेर येशूको पछि लागे। अझै अघि जाँदै गर्नुहुँदा येशूले जब्दियाका दुई छोराहरू याकूब र यूहन्नालाई देख्नुभयो। तिनीहरू नाउमा बसेर जाल तुन्दै थिए। येशूले तिनीहरूलाई पनि तुरुन्तै बोलाउनुभयो। अनि तिनीहरूले आफ्ना बुबालाई काम गर्नेहरूसँग नाउमा छोडेर येशूको पछि लागे। येशू ती चेलाहरूसँग कफर्नहूम सहरमा जानुभयो अनि विश्रामको दिनमा सभाघरमा गएर शिक्षा दिन लाग्नुभयो। उहाँको शिक्षा सुनेर मानिसहरू छक्कै परे किनभने उहाँले अरू धर्म-गुरुहरूले जस्तो गरी होइन तर ठूलो अधिकारसँग शिक्षा दिनुभयो। त्यति नै बेला सभाघरभित्र एउटा भूत लागेको मानिसले चिच्च्याउँदै भन्यो, “हे नासरतका येशू, तपाईंले हामीलाई के गर्न लाग्नुभएको? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं परमेश्वरले पठाउनुभएको पवित्र जन हुनुहुन्छ भनेर म चिन्दछु।” येशूले त्यस भूतलाई हप्काएर भन्नुभयो, “होइन, चुप लाग् र यस मानिसबाट निस्केर गइहाल्!” त्यत्तिकैमा भूतले त्यस मानिसलाई मुर्च्छा पार्यो र ठूलो सोरले चिच्च्याउँदै निस्केर गयो। यो देख्ने जति सबै मानिसहरू छक्क परे र भन्न लागे, “होइन, यो के हो? यो त नयाँ प्रकारको शिक्षा पो रहेछ। यो मान्छेले अधिकारसँग भूतहरूलाई हुकुम दिन्छ अनि तिनीहरूले मान्दा रहेछन्।”
मर्कूस 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 1:9-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू