मर्कूस 1:9-12

मर्कूस 1:9-12 सरल नेपाली

यूहन्‍नाले यसरी प्रचार गरिरहेको समयमा येशू गालीलको नासरत सहरबाट आउनुभयो अनि उहाँले पनि यूहन्‍नाको हातबाट यर्दन नदीमा बप्‍तिस्‍मा लिनुभयो। पानीबाट बाहिर निस्‍कनेबित्तिकै येशूले स्‍वर्ग उघ्रिएको र पवित्र आत्‍मा ढुकुरजस्‍तै आफूमाथि आउँदैगर्नुभएको देख्‍नुभयो। अनि स्‍वर्गबाट यसो भनेको सुनियो, “तिमी मेरो प्‍यारो पुत्र हौ, तिमीसँग म धेरै खुसी छु।” त्‍यसपछि तुरुन्‍तै परमेश्‍वरको आत्‍माले येशूलाई उजाड-स्थानमा लैजानुभयो।

मर्कूस 1 पढ्नुहोस्

मर्कूस 1:9-12 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति