YouVersion लोगो
खोज आइकन

मत्ती 7:2-5

मत्ती 7:2-5 सरल नेपाली

किनभने जसरी तिमीहरूले अरूलाई दोषी ठहराउँछौ, त्‍यसरी नै परमेश्‍वरले पनि तिमीहरूलाई दोषी ठहराउनुहुनेछ। जुन नापले तिमीहरूले अरूलाई नाप्‍छौ, त्‍यही नापले तिमीहरूले पनि पाउनेछौ। अर्काको आँखाको सिन्‍का देख्‍नेले आफ्‍नो आँखाको मुढो किन देख्‍दैनौ? आफ्‍नो आँखाको मुढो पनि नदेख्‍नेले आफ्‍नो दाजुभाइलाई कसरी भन्‍न सक्‍छौ, ‘खैखै, म तिम्रा आँखाको सिन्‍का निकालिदिऊँ?’ ए कपटीहरू हो! पहिले आफ्‍नै आँखाको मूढो निकाल अनि पो अर्काको आँखाको सिन्‍का निकाल्‍न छर्लङ्ग देख्‍नेछौ।

मत्ती 7 पढ्नुहोस्