“नक्कली अगमवक्ताहरूदेखि होशियार होओ। तिनीहरू भेडाको जस्तै रूप लिएर आउँछन्, तर भित्र डरलाग्दा ब्वाँसाजस्ता हुन्छन्। तिमीहरूले तिनीहरूलाई उनीहरूका कामबाटै चिन्नेछौ। के काँडाको झ्याङमा अङ्गुर फल्छ र? नता सिउँडीको बोटमा नेभारा नै फल्छ। सप्रेको बोटमा त फल पनि सप्रेकै फल्छ। तर किक्रिक्क परेको बोटमा कसरी फल सप्रिन सक्छ र? नता सप्रेको रूखले नराम्रो फल फलाउँछ न रोगाएको रूखले राम्रो फल फलाउँछ। असल फल नफलाउने सबै रूखलाई ढालेर आगोमा फालिनेछ। त्यसरी नै तिमीहरूले नक्कली अगमवक्ताहरूलाई उनीहरूले गरेका कामबाटै चिन्नेछौ।
मत्ती 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 7:15-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू