YouVersion लोगो
खोज आइकन

मत्ती 6:19-24

मत्ती 6:19-24 सरल नेपाली

“आफ्‍नो लागि पृथ्‍वीमा धन-सम्‍पत्ति नथुपार। यहाँ थुपारेको सम्‍पत्तिमा त किरा लाग्‍छ, खियाले खान्‍छ र चोरले चोर्छ। आफ्‍नो लागि स्‍वर्गमा नै धन-सम्‍पत्ति जम्‍मा गर। त्‍यहाँ न किरा लाग्‍छ न खियाले खान्‍छ न ता चोरले नै चोर्छ किनभने जहाँ तिमीहरूको धन हुन्‍छ, त्‍यहीँ नै तिमीहरूको मन पनि रहनेछ। “शरीरको बत्तीचाहिँ आँखा हो। आँखा सफा छ भने पूरै शरीरमा उज्‍यालो हुन्‍छ। तर यदि तिम्रो आँखा धमिलो छ भने पूरै शरीर अँध्‍यारो हुन्‍छ। त्‍यसरी नै तिम्रो हृदयमा भएको उज्‍यालोचाहिँ अँध्‍यारो भयो भने त्‍यो झन् कति बढी अँध्‍यारो होला! “कसैले पनि दुई मालिकको सेवा गर्न सक्‍दैन। नत्रता उसले एउटालाई हेला र अर्कोलाई चाहिँ माया गर्नेछ कि त एउटाले भनेको मान्‍छ र अर्कोको वास्‍तै गर्दैन। त्‍यसै गरी तिमीहरूले पनि परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्‍दैनौ।

मत्ती 6 पढ्नुहोस्