YouVersion लोगो
खोज आइकन

मत्ती 5:21-30

मत्ती 5:21-30 सरल नेपाली

“उहिलेका मानिसहरूलाई ‘मान्‍छे नमार्नू, मार्‍यौ भने दण्‍ड पाउनेछौ’ भनिन्‍थ्‍यो। यो त तिमीहरूलाई थाहै छ। तर म तिमीहरूलाई भन्‍छु, [कारणबिना नै] भाइसँग रिसाउनेले पनि दण्‍ड पाउनेछ। कसैले आफ्‍नो भाइलाई मूर्ख भन्‍यो भने त्‍यसले सभामा जवाफ दिनुपर्छ। आफ्‍नो भाइलाई सराप्‍ने त झन् नरकको आगोमैपर्नेछ। “यसकारण परमेश्‍वरलाई भेटी चढाउनुभन्दा अघि तिम्रो भाइ तिमीसँग रिसाएको थाहा पायौ भने आफ्‍नो भेटी वेदीकै अघि छोडी तुरुन्‍तै गएर आफ्‍नो भाइसँग मिलाप गर। त्‍यसपछि मात्रै आएर आफ्‍नो भेटी चढाऊ। “अदालतमा पुग्‍नुभन्दा अघि, मौका हुँदै आफ्‍नो झगडियासँग मेलमिलाप गरिहाल। नत्रता उसले तिम्रो विरुद्धमा न्‍यायाधीशकहाँ उजुर गर्नेछ अनि न्‍यायाधीशले तिमीलाई सिपाहीको जिम्‍मा लाउनेछ र तिमी थुनामापर्नेछौ। साँच्‍चै म तिमीलाई भन्‍छु, त्‍यस बेला जरिमानाको एक-एक पैसा नतिरेसम्‍म तिमी त्‍यहाँबाट उम्‍कन पाउनेछैनौ। “ ‘व्‍यभिचार गर्नुहुँदैन’ भनेको कुरा त तिमीहरूले सुनेका छौ। तर म भन्‍छु, कसैले कुनै स्‍त्रीलाई नराम्रो विचारले हेर्‍यो भने पनि त्‍यसले मनमा व्‍यभिचार गरिसकेको हुन्‍छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई पापमा पार्छ भने त्‍यसलाई झिकेर फालिदेओ। तिम्रो पूरै शरीर नरकमा फालिनुभन्दा त शरीरको कुनै अङ्ग नहुनु नै तिम्रो लागि धेरै राम्रो हो। त्‍यसरी नै तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लगाउँछ भने त्‍यसलाई काटेर फालिदेओ। तिम्रो पूरै शरीर नरकमा पर्नुभन्दा त त्‍यो हात नहुनु नै तिम्रो लागि धेरै राम्रो हो।

मत्ती 5 पढ्नुहोस्