YouVersion लोगो
खोज आइकन

मत्ती 5:14-18

मत्ती 5:14-18 सरल नेपाली

“तिमीहरूचाहिँ संसारका ज्‍योति हौ। डाँडामाथि बसालिएको सहर त लुक्‍न सक्‍दैन अनि कसैले पनि बत्ती बालेर पाथीले छोप्‍दैन। बरु घरभरि उज्‍यालो होस् भनेर बत्तीचाहिँ अग्‍लो ठाउँमा राखिन्‍छ। त्‍यसरी नै तिमीहरूको उज्‍यालो पनि अरू मानिसहरूको अगाडि चम्‍कोस् अनि अरूहरूले तिमीहरूले गरेका राम्रा काम देख्‍नेछन् र स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पिताको महिमा गर्नेछन्। “मोशाले दिएको व्यवस्था र अगमवक्ताहरूले भनेका कुरा रद्द गर्न म आएको हुँ भन्‍ने नसम्‍झ। म रद्द गर्न होइनँ, तर पूरा गर्न आएको हुँ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, आकाश र पृथ्‍वी बितेर नगएसम्‍म परमेश्‍वरको व्यवस्थाको सानोभन्दा सानो कुरा पनि पूरा नभई छोड्‍नेछैन।

मत्ती 5 पढ्नुहोस्