परमेश्वरको आज्ञाहरू पालन गर्दा खेदोमा पर्नेहरू कति धन्य हुन्! किनभने परमेश्वरको राज्य तिनीहरूकै हो। “मलाई विश्वास गरेकोले मानिसहरूले तिमीहरूलाई दु:ख दिए, निन्दा गरे र तिमीहरूको विरुद्धमा सबै किसिमका नराम्रा कुराहरू बोले भने तिमीहरू धन्य हौ! त्यति बेला तिमीहरू खुसी र आनन्दित होओ किनभने तिमीहरूको लागि स्वर्गमा ठूलो इनाम राखिएको छ। उहिलेका अगमवक्ताहरूलाई पनि मानिसहरूले त्यसरी नै दु:ख दिएर सताएका थिए। “तिमीहरू त पृथ्वीका नुन हौ। तर नुन नै अलिनो भयो भने फेरि केले नुनिलो पार्ने? त्यो त कामै नलाग्ने भई फ्याँकिनेछ र मानिसले कुल्चनेछन्। “तिमीहरूचाहिँ संसारका ज्योति हौ। डाँडामाथि बसालिएको सहर त लुक्न सक्दैन अनि कसैले पनि बत्ती बालेर पाथीले छोप्दैन। बरु घरभरि उज्यालो होस् भनेर बत्तीचाहिँ अग्लो ठाउँमा राखिन्छ। त्यसरी नै तिमीहरूको उज्यालो पनि अरू मानिसहरूको अगाडि चम्कोस् अनि अरूहरूले तिमीहरूले गरेका राम्रा काम देख्नेछन् र स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताको महिमा गर्नेछन्।
मत्ती 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 5:10-16
10 दिन
क्रिश्चियन यात्रा विभिन्न अनुभवहरूको हो। हामी जीवनको जुनसुकै अवस्थामा भए तापनि हामीले हाम्रो वरपरका मानिसहरूमा छाप छोड्न सक्षम हुनुपर्दछ ताकि तिनीहरूले येशुलाई अनुभव गर्न सकून् वा कमसेकम हामीमा के फरक छ भनेर उत्सुक हुन सकून। हाम्रो प्रार्थना छ कि तपाईंले आफूलाई पाउनुहुने हरेक मौसममा सजिलैसँग परमेश्वरको स्वाद र रंगहरू प्रकट गराउन सक्नुभएको होस्।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू