YouVersion लोगो
खोज आइकन

मत्ती 4:23-24

मत्ती 4:23-24 सरल नेपाली

येशू गालील क्षेत्रभरि घुम्‍नुभयो। उहाँ ठाउँ-ठाउँमा भएका सभाघरहरूमा जानुभयो र मानिसहरूलाई शिक्षा दिएर परमेश्‍वरको राज्‍य आइसक्‍न लाग्‍यो भन्‍ने सुसमाचार सुनाउनुभयो। उहाँले भेटे जति किसिम-किसिमका रोग लागेका बिरामीहरूलाई निको पार्नुभयो। त्‍यसो हुँदा गालीलको छेउमा पर्ने सिरिया देशभरि नै उहाँको बारेमा चर्चा चल्‍यो। मानिसहरूले सबै किसिमका रोग र व्‍यथाले सताएका बिरामीहरूलाई उहाँकहाँ ल्‍याए। तिनीहरूमध्‍ये कसैलाई दुष्‍टात्‍मा लागेको थियो, कसैलाई छारे रोग लागेको थियो अनि कोही-कोहीचाहिँ कुँजो थिए। येशूले सबैलाई नै निको पार्नुभयो।

मत्ती 4 पढ्नुहोस्