YouVersion लोगो
खोज आइकन

मत्ती 26:69-75

मत्ती 26:69-75 सरल नेपाली

त्‍यस बेलासम्‍म पत्रुस बाहिर आँगनमा नै बसिरहेका थिए। एउटी नोकर्नी आएर तिनलाई भनी, “तिमी पनि त गालीलका येशूसँगै थियौ नि, होइन र?” तर पत्रुसले सबैको अगाडि, “होइन, तिमीले गरेको यो कुरा मैले बुझिनँ!” भनेर आँगनको ढोकातिर गए। ढोकानेर अर्की एउटी नोकर्नीले त्‍यहाँ भएका मानिसहरूलाई भनी, “यी मानिस पनि त नासरतका येशूसँगै थिए नि!” फेरि पत्रुसले शपथ हालेर भने, “म त त्‍यस मानिसलाई चिन्‍दै चिन्‍दिनँ!” केही बेरपछि त्‍यहाँका मानिसहरूले पत्रुसकहाँ आएर भने, “साँच्‍चै तिमी पनि ऊसँगै थियौ, तिम्रो बोलीले नै यो कुरा थाहा हुन्‍छ नि!” अनि फेरि पनि पत्रुसले शपथ हालेर भने, “मैले ढाँटेको हो भने परमेश्‍वरको दण्‍ड ममाथि नै परोस्, म त त्‍यस मानिसलाई चिन्‍दै चिन्‍दिनँ!” त्‍यसो भन्‍नेबित्तिकै भाले बासिहाल्‍यो र “भाले बास्‍नुभन्दा अघि मलाई तीनपल्‍टसम्‍म चिन्‍दै चिन्‍दिनँ भनेर इन्‍कार गर्नेछौ,” भनी येशूले भन्‍नुभएको कुरा पत्रुसले सम्‍झे। उनी बाहिर गएर धुरुधरु रोए।

मत्ती 26 पढ्नुहोस्