त्यस बेला येशूले चेलाहरूलाई भन्नुभयो, “आज राती तिमीहरू सबै जना मलाई छोडेर भाग्नेछौ। किनभने धर्मशास्त्रमा यस्तो लेखिएको छ– म गोठालालाई मार्नेछु र भेडाहरू तितरबितर हुनेछन्। तर मरेकोबाट बिउँतेपछि म तिमीहरूभन्दा अघि गालीलमा जानेछु।” यत्तिकैमा पत्रुसले येशूलाई भने, “सबैले छोडेर भागे पनि मचाहिँ तपाईंलाई कहिल्यै छोड्नेछैन।” येशूले भन्नुभयो, “साँच्चै म तिमीलाई भन्छु, भोलि बिहान भाले बास्नुभन्दा अघि नै मलाई चिन्दैचिन्दिनँ भनेर तिमीले तीनपल्टसम्म इन्कार गर्नेछौ।” “तपाईंसँग मर्नुपरे पनि म तपाईंलाई चिन्दिनँ भनेर कहिल्यै पनि भन्नेछैन!” पत्रुसले जवाफ दिए। अरू सबै चेलाहरूले पनि त्यसै भने।
मत्ती 26 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 26:31-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू