YouVersion लोगो
खोज आइकन

मत्ती 26:1-13

मत्ती 26:1-13 सरल नेपाली

यी सबै कुरा सिकाइसक्‍नुभएपछि येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई थाहै छ, दुई दिनपछि निस्तार चाड आउनेछ। त्‍यतिखेर क्रूसमा झुण्‍ड्याएर मार्नलाई मानव पुत्र सुम्‍पिइनेछ।” त्‍यसै बेला कैयाफा प्रधान पूजाहारीका आँगनमा मुख्‍य पूजाहारी र अरू अगुवाहरू मिलेर सभा गरे। त्‍यस सभामा तिनीहरूले येशूलाई सुटुक्‍क पक्रेर मार्ने मतो गरे। तर तिनीहरूले यस्‍तो विचार गरे, “चाडको बेलामा चाहिँ हामीले यो काम गर्नुहुँदैन, नत्रता मानिसहरूमा ठूलो गोल-माल मच्‍चिनेछ।” येशू बेथानियामा सिमोन कुष्ठरोगीको घरमा जानुभयो। एउटी स्‍त्री सिङ्गमरमरको भाँडामा धेरै महँगो अत्तर लिएर येशूकहाँ आइन्। उहाँले खाना खान लाग्‍नुभएको बेला उहाँको टाउकोमा सबै अत्तर खन्‍याइदिइन्। उनले यसो गरेको सहन नसकेर चेलाहरूले भने, “यति धेरै अत्तर किन त्‍यसै खेर फालेको? बरु यसलाई धेरै पैसामा बेचेर गरीबहरूलाई बाँडिदिएको भए हुन्‍थ्‍यो नि!” तिनीहरूले यस्‍तो कुरा भनेको सुनेर येशूले भन्‍नुभयो, “किन तिमीहरू यिनलाई कचकच गर्छौ? यिनले मेरो लागि एउटा असल काम गरेकी छिन्। गरीबहरू त तिमीहरूसँग जहिले पनि हुन्‍छन्, तर म त हुन्‍न! यो अत्तर खन्‍याएर यिनले मेरो शरीरलाई गाड्‍नको लागि तयार पारेकी हुन्। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, संसारभरिमा यो सुसमाचार जहाँ-जहाँ सुनाइनेछ, त्‍यहाँ-त्‍यहाँ यिनले गरेको यस कामको पनि सम्‍झना गरिनेछ।”

मत्ती 26 पढ्नुहोस्