YouVersion लोगो
खोज आइकन

मत्ती 25:35-45

मत्ती 25:35-45 सरल नेपाली

किनभने म भोकाउँदा तिमीहरूले मलाई खुवायौ, तिर्खाउँदा पानी दियौ र म परदेशी हुँदा पनि तिम्रो घरमा मलाई स्‍वागत गर्‍यौ। म नाङ्गो हुँदा लुगा लगाइदियौ, बिरामी हुँदा हेरचाहा गर्‍यौ, झ्‍यालखानमा पर्दा मलाई भेट्‍न आयौ।’ “यो सुनेर परमेश्‍वरका आज्ञापालन गर्दैआएका मानिसहरूले उनलाई सोध्‍नेछन्, ‘प्रभु, हामीले तपाईंलाई कहिले भोकाएको देख्‍यौं र खुवायौं? कहिले तिर्खाएको देख्‍यौं र पानी दियौं? कहिले तपाईं परदेशी हुनुहुँदा हाम्रो घरमा तपाईंलाई स्‍वागत गर्‍यौं? कहिले तपाईंलाई नाङ्गो देख्‍यौं र लुगा लगाइदियौं? कहिले तपाईंलाई बिरामी देख्‍यौं र हेरचाहा गर्‍यौं? अनि कहिले झ्‍यालखानमा पर्नुभयो र हामी भेट्‍न आयौं?’ तब सिंहासनमा बस्‍ने राजाले जवाफ दिएर भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍छु, मेरा भाइहरूमध्‍ये सबैभन्दा सानालाई तिमीहरूले जे गर्‍यौ, त्‍यो मलाई नै गरेका हौ।’ “त्‍यसपछि उनले आफ्‍ना देब्रे हातपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘ए परमेश्‍वरको सराप परेका मानिसहरू हो, यहाँबाट गइहाल! शैतान र उसका दूतहरूलाई तयार पारिराखेको कहिल्‍यै ननिभ्‍ने आगोमा जाओ! किनभने म भोकाउँदा तिमीहरूले मलाई खुवाएनौ, तिर्खाउँदा पानी दिएनौ। म परदेशी भएर आउँदा तिमीहरूले मलाई आफ्‍नो घरमा स्‍वागत गरेनौ, नाङ्गो हुँदा लुगा लगाइदिएनौ। म बिरामी हुँदा र झ्‍यालखानमा पर्दा तिमीहरू मलाई भेट्‍न आएनौ।’ “अनि तिनीहरूले सोध्‍नेछन्, ‘प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको, तिर्खाउनुभएको, परदेशी हुनुभएको, नाङ्गो हुनुभएको, बिरामी हुनुभएको अनि झ्‍यालखानमा पर्नुभएको देखेर पनि तपाईंको वास्‍ता गरेनौं?’ त्‍यस बेला सिंहासनमा बस्‍ने राजाले तिनीहरूलाई भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍छु, मेरा भाइहरूमध्‍ये सबैभन्दा सानालाई सहायता नगर्नु नै मलाई नगर्नु हो।’

मत्ती 25 पढ्नुहोस्

मत्ती 25:35-45 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति