YouVersion लोगो
खोज आइकन

मत्ती 25:35-40

मत्ती 25:35-40 सरल नेपाली

किनभने म भोकाउँदा तिमीहरूले मलाई खुवायौ, तिर्खाउँदा पानी दियौ र म परदेशी हुँदा पनि तिम्रो घरमा मलाई स्‍वागत गर्‍यौ। म नाङ्गो हुँदा लुगा लगाइदियौ, बिरामी हुँदा हेरचाहा गर्‍यौ, झ्‍यालखानमा पर्दा मलाई भेट्‍न आयौ।’ “यो सुनेर परमेश्‍वरका आज्ञापालन गर्दैआएका मानिसहरूले उनलाई सोध्‍नेछन्, ‘प्रभु, हामीले तपाईंलाई कहिले भोकाएको देख्‍यौं र खुवायौं? कहिले तिर्खाएको देख्‍यौं र पानी दियौं? कहिले तपाईं परदेशी हुनुहुँदा हाम्रो घरमा तपाईंलाई स्‍वागत गर्‍यौं? कहिले तपाईंलाई नाङ्गो देख्‍यौं र लुगा लगाइदियौं? कहिले तपाईंलाई बिरामी देख्‍यौं र हेरचाहा गर्‍यौं? अनि कहिले झ्‍यालखानमा पर्नुभयो र हामी भेट्‍न आयौं?’ तब सिंहासनमा बस्‍ने राजाले जवाफ दिएर भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍छु, मेरा भाइहरूमध्‍ये सबैभन्दा सानालाई तिमीहरूले जे गर्‍यौ, त्‍यो मलाई नै गरेका हौ।’

मत्ती 25 पढ्नुहोस्

मत्ती 25:35-40 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति