येशूले मानिसहरूको धुइरो र आफ्ना चेलाहरूलाई भन्नुभयो, “हेर, धर्म-गुरु र फरिसीहरूले मोशाका व्यवस्था सिकाउने अधिकार पाएका छन्। यसकारण तिमीहरूले उनीहरूले भनेका सबै कुरा गर्नू। तर तिनीहरूले जे गर्छन्, त्योचाहिँ नगर्नू किनभने तिनीहरूले अरूलाई त सिकाउँछन्, तर आफूचाहिँ गर्दैनन्। तिनीहरू अरूलाई चाहिँ धर्म-कर्मको गह्रुङ्गो भारी बोकाउँछन्, तर आफू भने त्यो भारी बोक्न त परै जाओस्, औँलाले पनि छुँदैनन्। तिनीहरू सबै कुरा देखाउनको लागि मात्र गर्छन्। तिनीहरू आफ्ना निधार र नाडीका व्यवस्था-पत्री ठूलो-ठूलो बनाउँछन् र धर्मी हुँ भनी देखाउन आफ्नो लुगामा लामा-लामा झुम्का जोड्छन्। तिनीहरू भोजमा आदरको र सभाघरमा उत्तम ठाउँहरूमा बस्न रुचाउँछन्। बजारहरूमा घुम्दा मानिसहरूले आफूलाई आदरसाथ अभिवादन गरिदेऊन् अनि गुरु भनून् भन्ने तिनीहरू चाहन्छन्। “तिमीहरूलाई कसैले गुरु नभनून् किनभने तिमीहरू त सबै दाजुभाइहरू नै हौ। तिमीहरूका एउटै मात्र गुरु हुनुहुन्छ। यस पृथ्वीमा तिमीहरूले कसैलाई पनि पिता नभन्नू किनभने तिमीहरूका एउटै मात्र पिता हुनुहुन्छ, जो स्वर्गमा हुनुहुन्छ। तिमीहरूलाई कसैले अगुवा नभनून् किनभने तिमीहरूका अगुवा एउटै मात्र हुनुहुन्छ, जो मुक्ति दिने ख्रीष्ट हुनुहुन्छ। तिमीहरूमा सबभन्दा ठूलोले चाहिँ सबैको सेवा गर्नुपर्छ। आफैं ठूलो हुन खोज्नेचाहिँ होच्याइनेछ र आफूलाई होच्याउनेचाहिँ ठूलो बनाइनेछ।
मत्ती 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 23:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू