YouVersion लोगो
खोज आइकन

मत्ती 22:1-14

मत्ती 22:1-14 सरल नेपाली

अनि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍तको रूपमा यस्‍तो कथा भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य त आफ्‍नो छोराको विवाहमा निम्‍तारुहरूलाई भोज खुवाउन बोलाउने एउटा राजासँग दाँज्‍न सकिन्‍छ। ती राजाले निम्‍तारुहरूलाई बोलाउन आफ्‍ना नोकरहरू पठाए। तर तिनीहरू भने आउन चाहेनन्। अनि उनले फेरि अरू नोकरहरूलाई यसो भनेर पठाए, “गएर ती निम्‍तारुहरूलाई भन, ‘खाने बेला भयो, मोटा-मोटा पशुहरू काटेका छन्। अब भोज मनाउनको लागि आउनुहोस्’।” तर ती निम्‍तारुहरूले वास्‍तै नगरीकन आ-आफ्‍ना काममा गए। कोही आफ्‍नो बारीतिर लागे अनि कोहीचाहिँ आफ्‍ना व्‍यापार-धन्‍दातिर लागे। अरू बाँकीले चाहिँ राजाका नोकरहरूलाई नै पक्री कुटपिट गरेर अन्‍तमा मारिदिए। ती राजा रिसले आगो भए अनि आफ्‍ना सेनाहरू पठाएर ती ज्‍यानमाराहरूलाई मार्न लगाए र तिनीहरूको सहरमा आगो लगाइदिए। “त्‍यसपछि तिनले नोकरहरूलाई फेरि भने, ‘विवाहको भोज त तयार छ, तर मैले निम्‍त्‍याएकाहरूचाहिँ यो भोज खान लायकका रहेनछन्। यसकारण तिमीहरू सडकका छेउछाउतिर जाओ र ज-जसलाई भेट्टाउँछौ, तिनीहरूलाई भोजमा बोलाएर ल्‍याओ।’ अनि नोकरहरू सडकमा गए र भेटिए जति राम्रा-नराम्रा सबैलाई बोलाएर ल्‍याए। यसरी बिहे घर मानिसहरूले भरिभराउ भयो। “राजाले पाहुनाहरूलाई हेर्न आउँदा त एक जनालाई बिहेमा लाउनुपर्ने लुगा नलगाई आएको देखे। राजाले तिनलाई सोधे, ‘ए मित्र! तिमी विवाहको लुगै नलगाईकन कसरी भित्र पस्‍यौ?’ तर ती मानिसले केही पनि जवाफ दिन सकेनन्। तब राजाले आफ्‍ना नोकरहरूलाई अह्राए, ‘लौ, यसका हात-खुट्टा बाँधेर बाहिर अन्‍धकारमा फ्‍याँकिदेओ। त्‍यहाँ यसले दाह्रा किट्दै रुवाबासी गरिरहोस्’!” अन्‍तमा येशूले भन्‍नुभयो, “निम्‍त्‍याइएका त धेरै छन्, तर चुनिएका चाहिँ थोरै मात्र हुन्‍छन्।”

मत्ती 22 पढ्नुहोस्