येशूको अघि र पछि हिँड्ने सबै मानिसहरूले यसो भन्दै जयजयकार गर्न थाले, “दाऊद-पुत्रको जय होस्! परमप्रभुको नाउँमा आउनुहुने कति धन्य हुनुहुन्छ! सबैभन्दा माथि स्वर्गमा हुनुहुने परमेश्वरको जयजयकार होस्!” उहाँ यरूशलेममा पस्नुहुँदा सहरभरि नै हलचल मच्चियो र मानिसहरूले सोधे, “यिनी को हुन्?” धुइरोमा भएका मानिसहरूले जवाफ दिए, “उहाँ त गालीलको नासरतबाट आउनुभएको अगमवक्ता येशू हुनुहुन्छ।” येशू पवित्र मन्दिरमा जानुभयो अनि त्यहाँ किनबेच गरेर बस्नेहरू सबैलाई मन्दिरबाट धपाउनुभयो। उहाँले पैसा साट्नेहरूका टेबिलहरू घोप्ट्याइदिनुभयो र परेवा बेच्नेहरूका बस्ने आसनहरू पल्टाइदिनुभयो।
मत्ती 21 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 21:9-12
९ दिन
गोलमालको यस परिस्थितिमा ख्रीष्टलाई अझ बढी चिन्न रोज्नुहोस् र अनिश्चित समयमा डरमाथि विश्वास रोज्नुहोस्। हरेक दिन जस्तोसुकै अवस्था भए तापनि यस पाठलाई अध्ययन गर्दै जाँदा भविष्यमा तपाईँ निर्धक्क साथ कदम चाल्नुहुनेछ भनी हामी आशा राख्दछौँ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू