उहाँको अगि र पछि लागेका भीड यसो भन्दै कराए, “दाऊदका पुत्रलाई होसन्ना! धन्य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्छ! परमधाममा होसन्ना!’ जब उहाँ यरूशलेममा प्रवेश गर्नुभयो, सारा सहरमा हलचल मच्चियो। मानिसहरूले सोध्न लागे, “यिनी को हुन्?” भीड़का मानिसहरूले जवाफ दिए, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता, येशू हुन्।” येशू परमेश्वरको मन्दिरमा प्रवेश गर्नुभयो। अनि उहाँले मन्दिरमा किनबेच गर्ने सबैलाई धपाउनुभयो, र पैसा साट्नेहरूका टेबिल, र परेवा बेच्नेहरूका आसन पल्टाइदिनुभयो।
मत्ती 21 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 21
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 21:9-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू