YouVersion लोगो
खोज आइकन

मत्ती 21:10-17

मत्ती 21:10-17 सरल नेपाली

उहाँ यरूशलेममा पस्‍नुहुँदा सहरभरि नै हलचल मच्‍चियो र मानिसहरूले सोधे, “यिनी को हुन्?” धुइरोमा भएका मानिसहरूले जवाफ दिए, “उहाँ त गालीलको नासरतबाट आउनुभएको अगमवक्ता येशू हुनुहुन्‍छ।” येशू पवित्र मन्‍दिरमा जानुभयो अनि त्‍यहाँ किनबेच गरेर बस्‍नेहरू सबैलाई मन्‍दिरबाट धपाउनुभयो। उहाँले पैसा साट्‍नेहरूका टेबिलहरू घोप्‍ट्याइदिनुभयो र परेवा बेच्‍नेहरूका बस्‍ने आसनहरू पल्‍टाइदिनुभयो। अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “धर्मशास्‍त्रमा यस्‍तो लेखिएको छ– ‘मेरो घर प्रार्थनाको घर कहलिनुपर्छ।’ तर तिमीहरूले त यसलाई डाकुहरूको ओडार पो बनाएका छौ!” त्‍यसपछि अन्‍धा र लङ्गडाहरू मन्‍दिरमा येशूकहाँ आए। उहाँले तिनीहरूलाई निको पार्नुभयो। यी अचम्‍मका कामहरू देखेर र मन्‍दिरमा केटा-केटीहरूले कराउँदै “दाऊद पुत्रको जय होस्!” भनेको सुनेर मुख्‍य पूजाहारी र धर्म-गुरुहरू रिसाए। तिनीहरूले येशूलाई भने, “यी केटा-केटीहरूले के भनिरहेका छन्, तपाईंले सुन्‍नुहुन्‍न?” “सुन्‍दै छु, तर ‘हे प्रभु, केटा-केटी र बालकहरूलाई समेत तपाईंले प्रशंसा गर्न लगाउनुभएको छ’ भनेर धर्मशास्‍त्रमा लेखिएको कुरा के तिमीहरूले पढेका छैनौ?” येशूले जवाफ दिनुभयो। अनि उहाँ तिनीहरूलाई छोडेर सहरबाट निस्‍की बेथानिया गाउँमा जानुभयो र राती त्‍यहीँ नै बास बस्‍नुभयो।

मत्ती 21 पढ्नुहोस्

मत्ती 21:10-17 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति