YouVersion लोगो
खोज आइकन

मत्ती 20:20-28

मत्ती 20:20-28 सरल नेपाली

त्‍यसपछि जब्‍दियाका दुई छोरा आफ्‍नी आमासँग येशूकहाँ आए। तिनीहरूकी आमाले येशूको पाउमा परेर बिन्‍ती गरिन्, “मलाई दया गर्नुहोस्।” येशूले तिनलाई सोध्‍नुभयो, “भन त, के चाहन्‍छौ?” तिनले भनिन्, “बिन्‍ती छ, हजुर राजा हुनुहुँदा मेरा यी दुई छोरा हजुरको दाहिने र देब्रेपट्टि बस्‍न पाऊन्।” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले के माग्‍दै छौ, त्‍यो तिमीहरूलाई थाहै छैन। के मैले पिउनुपर्ने दु:खको घुट्को तिमीहरू पनि पिउन सक्‍छौ?” तिनीहरूले सक्‍छौं भनेर जवाफ दिए। तब येशूले भन्‍नुभयो, “हो, मैले पिउने घुट्को तिमीहरू पनि पिउनेछौ। तर मेरो दाहिने र देब्रेपट्टि बस्‍नचाहिँ मैले दिने कुरा होइन। यी ठाउँहरू त मेरा पिताले जसको लागि तयार पार्नुभएको छ, उसलाई नै दिनुहुनेछ।” यो कुरा सुनेर अरू दश जना चेलाहरूचाहिँ ती दुईसँग रिसाए अनि येशूले तिनीहरू सबैलाई एउटै ठाउँमा बोलाएर भन्‍नुभयो, “तिमीहरूलाई थाहै छ, संसारका राजाहरूले आफ्‍ना प्रजामाथि आफूखुसी गरेर हक चलाउँछन् अनि ठूला मानिसले अरूहरूमाथि अधिकार जमाउँछन्। तर तिमीहरूमा चाहिँ त्‍यस्‍तो हुनुहुँदैन। तिमीहरूमा त ठूलो हुन खोज्‍नेले सबैको सेवा गर्नुपर्छ। सबैभन्दा ठूलो हुन चाहनेचाहिँ सबैको नोकर हुनुपर्छ। त्‍यसरी नै म मानव पुत्र पनि अरूबाट सेवा पाउन होइन, तर अरूको सेवा गर्न र धेरैलाई छुटकारा दिन आफ्‍नै प्राण त्‍यागिदिन आएको हुँ।”

मत्ती 20 पढ्नुहोस्