YouVersion लोगो
खोज आइकन

मत्ती 2:9-11

मत्ती 2:9-11 सरल नेपाली

हेरोद राजाले भनेको मानेर ती ज्‍योतिषीहरू बेथलेहेमतिर लागे। बाटोमा जाँदा तिनीहरूले पूर्वमा देखेको त्‍यही तारालाई फेरि देखे। त्‍यो तारा तिनीहरूको अघि-अघि लाग्‍यो र बालक भएको ठाउँको सोझै माथि पुगेर टक्‍क अडियो। यो देखेर तिनीहरू खुसीले गदगद भए। त्‍यस घरमा पुगेपछि तिनीहरू भित्र पसे र बालकलाई आमा मरियमको साथमा देखे। अनि तिनीहरूले उहाँको पाउमा परी दर्शन गरे र आ-आफ्‍ना पोकाबाट सुन, धूप र धेरै दामी अत्तर निकालेर चढाए।

मत्ती 2 पढ्नुहोस्