YouVersion लोगो
खोज आइकन

मत्ती 2:1-6

मत्ती 2:1-6 सरल नेपाली

येशू यहूदियाको बेथलेहेम भन्‍ने गाँउमा जन्‍मिनुभएको थियो। त्‍यस समयमा हेरोद त्‍यहाँका राजा भएका थिए। येशू जन्‍मिनुभएपछि पूर्वबाट ज्‍योतिषीहरू उहाँलाई खोज्‍दै यरूशलेममा आए। तिनीहरूले मानिसहरूलाई सोधे, “भर्खरै जन्‍मिनुभएका इस्राएलीहरूका राजा कहाँ हुनुहुन्‍छ? हामीले उहाँको जन्‍म भएको कुरा थाहा दिने तारालाई पूर्वमा देख्‍यौं र उहाँको दर्शन गर्न आएका हौं।” यो कुरा सुनेर हेरोद राजा आत्तिए र यरूशलेमका मानिसहरूमा ठूलो हलचल मच्‍चियो। अनि हेरोद राजाले मुख्‍य पूजाहारी र धर्म-गुरुहरूलाई बोलाएर सोधे, “मुक्ति दिने राजा ख्रीष्‍टको जन्‍म कहाँ हुनेछ?” तिनीहरूले भने, “यहूदियाको बेथलेहेम गाँउमा किनभने धर्मशास्‍त्रमा अगमवक्ताले यस बारेमा यसरी लेखेका छन्– ‘ए यहूदियाको बेथलेहेम, तँ यहूदियाका सहरहरूका बीचमा कुनै किसिमले पनि सानो छैनस् किनभने तँबाट ठूला राजा निस्‍केर आउनेछन् र उनले नै गोठालाले जस्‍तै मेरो प्रजा इस्राएलको हेरचाह गर्नेछन्।”

मत्ती 2 पढ्नुहोस्

मत्ती 2:1-6 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति