येशू यहूदियाको बेथलेहेम भन्ने गाँउमा जन्मिनुभएको थियो। त्यस समयमा हेरोद त्यहाँका राजा भएका थिए। येशू जन्मिनुभएपछि पूर्वबाट ज्योतिषीहरू उहाँलाई खोज्दै यरूशलेममा आए। तिनीहरूले मानिसहरूलाई सोधे, “भर्खरै जन्मिनुभएका इस्राएलीहरूका राजा कहाँ हुनुहुन्छ? हामीले उहाँको जन्म भएको कुरा थाहा दिने तारालाई पूर्वमा देख्यौं र उहाँको दर्शन गर्न आएका हौं।” यो कुरा सुनेर हेरोद राजा आत्तिए र यरूशलेमका मानिसहरूमा ठूलो हलचल मच्चियो। अनि हेरोद राजाले मुख्य पूजाहारी र धर्म-गुरुहरूलाई बोलाएर सोधे, “मुक्ति दिने राजा ख्रीष्टको जन्म कहाँ हुनेछ?” तिनीहरूले भने, “यहूदियाको बेथलेहेम गाँउमा किनभने धर्मशास्त्रमा अगमवक्ताले यस बारेमा यसरी लेखेका छन्– ‘ए यहूदियाको बेथलेहेम, तँ यहूदियाका सहरहरूका बीचमा कुनै किसिमले पनि सानो छैनस् किनभने तँबाट ठूला राजा निस्केर आउनेछन् र उनले नै गोठालाले जस्तै मेरो प्रजा इस्राएलको हेरचाह गर्नेछन्।” यो सुनेर हेरोदले ती पूर्वबाट आएका ज्योतिषीहरूलाई छुट्टै लगेर सोधपुछ गरे र तारा देखा परेको ठीक समय पत्ता लगाए। त्यसपछि उनले तिनीहरूलाई बेथलेहेमतिर पठाउँदै भने, “तपाईंहरूले गएर बालकको बारेमा सबै कुरा ठीकसँग पत्ता लगाएर मलाई खबर गर्नुहोस् र म पनि गएर उहाँको दर्शन गर्नेछु।” हेरोद राजाले भनेको मानेर ती ज्योतिषीहरू बेथलेहेमतिर लागे। बाटोमा जाँदा तिनीहरूले पूर्वमा देखेको त्यही तारालाई फेरि देखे। त्यो तारा तिनीहरूको अघि-अघि लाग्यो र बालक भएको ठाउँको सोझै माथि पुगेर टक्क अडियो। यो देखेर तिनीहरू खुसीले गदगद भए। त्यस घरमा पुगेपछि तिनीहरू भित्र पसे र बालकलाई आमा मरियमको साथमा देखे। अनि तिनीहरूले उहाँको पाउमा परी दर्शन गरे र आ-आफ्ना पोकाबाट सुन, धूप र धेरै दामी अत्तर निकालेर चढाए।
मत्ती 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 2:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू