YouVersion लोगो
खोज आइकन

मत्ती 18:15-20

मत्ती 18:15-20 सरल नेपाली

“यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गरेको छ भने उसलाई एक्‍लै गएर सम्‍झाऊ। उसले तिम्रो कुरा सुन्‍यो भने तिमीले उसलाई आफूपट्टि फर्काएको हुनेछौ। तर उसले तिम्रो कुरा सुनेन भने अरू एक-दुई जना सँगै गएर उसलाई सम्‍झाऊ किनभने धर्मशास्‍त्रले भनेजस्‍तो सबै झैं-झगडाहरूको फैसला गर्नलाई दुई वा तीन जना साक्षी बोलाउनुपर्छ। त्‍यति हुँदाहुँदै पनि उसले कुरा सुनेन भने मण्‍डलीमा गएर तिमीले पूरै कुरा खोलिदेओ अनि तिनीहरूको कुरा पनि उसले सुनेन भने उसलाई ईश्‍वर नमान्‍ने र कर उठाउनेलाई जस्‍तै गरी त्‍यागिदिनू। “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, जे तिमीहरूले यस पृथ्‍वीमा बाँध्‍छौ, त्‍यो स्‍वर्गमा पनि बाँधिनेछ। अनि जे तिमीहरूले यस पृथ्‍वीमा फुकाउला, त्‍यो स्‍वर्गमा पनि फुकाइनेछ। अनि म तिमीहरूलाई फेरि भन्‍छु, यस पृथ्‍वीमा तिमीहरू दुईले जे माग्‍ने हो, सो मिलेर माग्‍यौ भने स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पिताले तिमीहरूलाई त्‍यो दिनुहुनेछ किनभने जहाँ दुई वा तीन जना मेरो नाउँमा भेला हुन्‍छन्, म तिनीहरूको बीचमा हुनेछु।”

मत्ती 18 पढ्नुहोस्