YouVersion लोगो
खोज आइकन

मत्ती 16:24-28

मत्ती 16:24-28 सरल नेपाली

त्‍यसपछि येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “हेर, कोही मेरो चेला हुन चाहन्‍छ भने उसले आफैंलाई माया मार्नुपर्छ अनि मर्नसमेत तयार भएर आफ्‍नो क्रूस बोकी मलाई पछ्‌याउनुपर्छ किनभने आफ्‍नो ज्‍यान जोगाउन खोज्‍नेले त्‍यो गुमाउनेछ। तर आफ्‍नो ज्‍यान मेरो लागि गुमाउनेले चाहिँ त्‍यो पाउनेछ। मानिसले जम्‍मै संसार नै हात पारे पनि आफ्‍नो आत्‍माचाहिँ गुमायो भने उसलाई के फाइदा भयो र? उसले गुमाएको आत्‍मा फेरि केले फिर्ता गर्छ र? किनभने म मानव पुत्र आफ्‍नै पिताको महिमा लिएर स्‍वर्गदूतहरूको साथमा आउँदा सबै मानिसहरूलाई आ-आफ्‍नो कामअनुसारको इनाम दिनेछु। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, म मानव पुत्र मेरो राज्‍यमा आएको नदेखेसम्‍म यहाँ सुनेर उभिनेहरूमध्‍ये कति त मर्ने पनि छैनन्।”

मत्ती 16 पढ्नुहोस्